यस्ता छन्, खप्तड क्षेत्र पर्यटन विकाशको निम्ति सुदूरका मन्त्री तथा सरोकारवालाहरूले गरेका ६ प्रतिबद्धता !

खप्तड क्षेत्र पर्यटन विकाश प्रतिबद्धता गोष्ठी धनगढीमा सम्पन्न

खप्तड क्षेत्र पर्यटन विकाश

धनगढी: खप्तड क्षेत्र पर्यटन विकाश प्रतिबद्धता गोष्ठी धनगढीमा सम्पन्न भएको छ ।

खप्तड क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिको आयोजनमा  धनगढी स्थित होटेल फ्लोरामा खप्तड क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यस क्षेत्रको विकासका लागि सरोकारवाला पक्ष सँग सुझाव सल्लाह लिने उद्देश्यले  गोष्ठी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ब. शाह, उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री मानबहादुर धामी, आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, पूर्व उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री माया भट्ट, प्राकृतिक श्रोत तथा विकास समितिका सभापति हर्क ब. कुँवर, प्रदेश सभा सदस्य भरत ब. खड्का, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पुष्पराज कुँवर, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति सचिव हरि जोशी, नाटा सुदूरपश्चिमका महासचिव पदम ब. सिंह उद्योगी तथा पर्यटन व्यवसायी गोपाल हमाल तथा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान अध्यक्ष अर्जुन शाह लगायत पत्रकार, खप्तड क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाहरू को उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा उपस्थित सरोकारवालाहरूको सल्लाह, सुझाव र प्रतिक्रिया पश्चात् खप्तड क्षेत्रको पर्यटन विकाश तथा व्यवस्थापनको लागी सुदूरपश्चिम प्रदेश सरकारले निम्न ६ सुदामा प्रतिबद्धता व्यक्त गरेको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार