कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्ती पुल भासियो

पुलमा आवागमन बन्द

कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्ती पुल भासियो

पुलमा आवागमन बन्द

कैलाली र बर्दिया जोड्ने सत्ती पुल भासियो

कैलाली: कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ। पुलको पूर्वतर्फको भाग भासिएको इलाका प्रहरी कार्यालय सत्तीका इञ्चार्ज प्रहरी नायब निरिक्षक लोकेन्द्र चन्दले जानकारी दिए।

उनका अनुसार नदीले पूर्वतर्फको भाग काट्न थालेको छ। उनले पुलमा आवागमन बन्द गरिएको बताए। नदी कटान रोक्नका लागि प्रयास भैरहेको बताइएको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट सुरक्षाकर्मी खटिएका छन।

पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन। पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार