बोधित्वा बिहार संस्थाको आर्थिक सहयोगमा डोटीको घण्टेश्वर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

जोरायलस्थित घण्टेश्वर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बोधित्वा बिहार सस्थाले गर्‍यो स्वास्थ्य सामग्री हस्तान्तरण

धनगढी: डोटीको जोरायलस्थित घण्टेश्वर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

बोधित्वा बिहार नामक सामाजिक सस्ताको आर्थिक सहयोगमा विकास चन्द ठकुरी किरण रावल, प्रेम मल्ल, दिपजङ्ग मल्लको पहलमा चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी चन्द्र महता र वडा अध्यक्ष भजन सिङ मल्ललाई एक कार्यक्रममार्फत चौकीलाई अक्सिजन कन्स्ट्रक्सन, अक्सामिटर, थर्मामिटर, सुगर चेक गर्न मेसिन ब्लड प्रेसर मेसिन, फेससिल्ड, सर्जिकल मास्क, पञ्जा, के एन ९५ मास्क, सेन्टिाइजर लगायत अति आवश्यक औषधीहरू गरी ५ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराइएको जनाइएको छ ।

यसअघि प्राथमिक स्वास्थ्य चौकी चनकट्टेलाई २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको दिपजंग मल्लले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार