सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित

आइतबार बसेको प्रदेशसभा बैठकबाट उक्त अध्यादेश पारित

सुदूरपश्चिम प्रदेशसभा
सुदूरपश्चिम प्रदेशसभा

धनगढी: सुदूरपश्चिम प्रदेशको ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट उक्त अध्यादेश पारित भएको हो ।

अध्यादेश पारित नहुँदै पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेशसभामा पेश गरेको थियो । शुक्रबार प्रदेशसभा बैठकमा पेश भएको अध्यादेश आइतबार पारित भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेशसभा नियमावली २०७४ को नियम ९५ को उपनियम ४ अनुसार अध्यादेश स्वीकृत गर्न प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए ।अध्यादेश सभामुख अर्जुन बहादुर थापाले निणयार्थ प्रस्तुत गर्दा एमाले र माओवादीका प्रदेशसभा सदस्यहले ‘हुन्छ’ भनेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद मौन बसेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार