अछामको चौरपाटी गाउँपालिकाले मनायो दोस्रो ‘कोदो दिवस’ २०७८

‘फलेको कोदो, कुटेको धान’

कोदो दिवस

अछाम: जिल्लाको चौरपाटी गाउँपालिकाले आज ‘कोदो दिवस’ मनाएको छ । ‘स्थानीय रैथाने बालीको संरक्षण तथा सम्बर्द्धन गरौ, कोदो खेती गरि आत्मनिर्भर बनौ’ भन्ने मुल नाराका साथ गाउँपालिकाले दोस्रो कोदो दिवस मनाएको हो ।

कोदो बालिको संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्य सहित गाउँपालिकाले गत बर्ष देखि यो दिवस लाई मनाउन थालेको हो । पालिकाभित्र रहेका सात वटै वडामा कोदो रोपेर तथा गोडेर कोदो दिवस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

कोदोलाई हेला र अवमुल्यांकन गर्ने मानसिकतालाई अन्त्य गरी त्यसको महत्वको बारेमा सचेतना फैलाउन तथा कोदो उत्पादनमा किसानलाई उत्साहित गर्न गाउँपालिकाले ‘फलेको कोदो, कुटेको धान’ नामक कार्यक्रम ल्याएको  छ । जसअन्तर्गत किसानले उब्जाएको कोदो संकलन गरी सो बराबर चामल दिने गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार