बुधबार एसपी विश्व अधिकारीले सम्हाले कैलाली जिल्लाको प्रहरी कमाण्ड !

जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मेवारी

एसपी विश्व अधिकारी

धनगढी: सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लाको प्रहरी कमाण्डमा एसपी विश्व अधिकारीले बुधबारबाट कमाण्ड सम्हालेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको असार ८ गतेको पत्रनुसार सरुवा भएर आएका एसपी अधिकारीले आजबाट जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मेवारी सम्हालेका हुन् ।

कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यस अघिका एसपी अनुपम शमशेर जवरा सरूवा भएर गएपछि अधिकारी कैलाली प्रमुख भएर आएका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार