शैक्षिक संस्थाको स्तरवृद्धी र शिक्षण पेसाप्रति सरकार गैर जिम्मेवार बनेको भन्दै शिक्षकहरू आन्दोलित

धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडी नेपाल शिक्षक महासङ्घ धनगढीको आन्दोलनको चौथौँ चरण अन्तर्गत धर्ना

शिक्षकहरू आन्दोलित

धनगढीः शैक्षिक संस्थाको स्तरवृद्धी र शिक्षण पेसाप्रति सरकार गैर जिम्मेवार बनेको भन्दै शिक्षकहरू आन्दोलित बनेका छन् । शुक्रवार धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडी नेपाल शिक्षक महासङ्घ धनगढीको ११ सदस्यीय स्थानीय आन्दोलन परिचालन समितिले आफ्ना मागहरू प्रति सरकार गैर जिम्मेवार बनेको भन्दै आन्दोलनको चौथौँ चरण अन्तर्गत धर्ना दिएका हुन् ।

विगतमा राज्यको तलब खाने कर्मचारी, शिक्षक सबैलाई एकै दर्जामा राखेको भए तापनि अहिले आएर राष्ट्रसेवकको दर्जामै नपर्ने भरी विभेद गरेको शिक्षक महासङ्घ नगर कार्यसमितिका अध्यक्ष नवराज ओझाले बताए । उनले भने, ‘आगामी दिनमा आउन सक्ने आँधिबेरीको जिम्मेवार सरकार स्वयम बन्नुपर्छ ।’

यता पटक पटकको ध्यानाकर्षणका बाबजुद पनि सरकाले आफूहरूको मागप्रति कुनै चासो नदेखाएको शिक्षक महासङ्घका धनगढी नगर उपाध्यक्ष तीर्थराज पाण्डेयले बताएका छन् । शिक्षकहरूको तलब सुविधा वृद्धि गर्नुका साथै कोभिड भ्याक्सिन उपलब्ध गराउनुपर्ने शिक्षकहरूले माग राखेका छन् । सरकारले शिक्षा क्षेत्रमा सरकारको बजेट अत्यन्तै भएको बताउँदै शिक्षकको तलब सुविधा तथा भत्ताको विषयमा तिनै तहका सरकारको पहल विभेदकारी भएको त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार