भ्रष्टाचार विरोधी कर्मचारीको छवि बनाएका उप-सचिव सञ्जेल ४० वर्षे सेवा अवधि पूरा गरेर भए रिटायर

सञ्जेल ४० वर्षे सेवा अवधि पूरा गरेर भए रिटायर्ड

उप-सचिव प्रेम सञ्जेल

भ्रष्टाचारविरोधी कर्मचारीको छवि बनाएका उप-सचिव प्रेम सञ्जेल ४० वर्षे सेवा अवधि पूरा गरेर रिटायर्ड भएका छन् । निजामती कर्मचारीबाट रिटायर्ड हुँदाहुँदै उनले सामाजिक सञ्जाल फेसबुकमा आफू र आफ्नो पेशाप्रति आक्रोश पोखेका छन् ।

‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म,’ उनले लेखेका छन् ।

सञ्जेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बने ।

२०७६ मा श्रम तथा रोजगार कार्यालय विराटनगरको प्रमुख भएरलगत्तै उनलाई त्यहाँबाट सरुवा गरिएपछि उनले पत्रकार सम्मेलन गरेरै प्रधानमन्त्री ओलीलाई चुनौती दिएका थिए ।

त्यसअघि क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरको प्रमुख हुँदा पनि समयअगावै सरुवा गरिएको थियो । सरुवाको यो निर्णयविरुद्ध पनि उनी सर्वोच्च पुगेका थिए ।

सञ्जेलले बोलीमा मात्र होइन कानुनी रूपमै सरकारलाई चुनौती दिएर अदालत रिट दायर गरे । सर्वोच्चले उनलाई सरुवा गर्न नमिल्ने आदेश जारी गर्‍यो ।

२०३९ सालमा सेती अञ्चल अदालतमा खरिदार पदबाट निजामती सेवा प्रवेश गरेका थिए सञ्जेलले । २०६६ कात्तिकमा बढुवा भएर उपसचिव भएका सञ्जेल त्यसपछि बढुवा प्रक्रियामा सामेल भएनन् ।

त्यसबेला पनि सर्वोच्चबाट पुनर्बहाली भएका उनले निर्वाचन कार्यालयमा दुई वर्ष बिताए । अदालती प्रक्रियामा रहँदा उनले १७ फागुनदेखि २३ चैत २०७३ सम्म कार्यालयमा हाजिर गरेका थिएनन् ।

‘हामी घुस खादैनौँ, तपाईं घुस दिन आउनुभएको भए उल्टै कारबाहीमा पर्नुहोला, हजुर सावधान !’ भन्ने उनको नाराले सेवाग्राही मात्र होइन निजामती कर्मचारीमाझ पनि चर्चाको विषय बन्यो । यो सन्देश उनी आफ्नो कार्यकक्ष र कार्यालयको गेटमा टाँस्थे ।

कडा स्वभावका सञ्जेलले सेनाको कुटाइसमेत खानुपर्‍यो । मुमा बडामहारानी भनिने रत्ना राज्यलक्ष्मीलाई बाल संगठनको अध्यक्ष बनाउँदा सञ्जेलले विरोध गरेको भन्दै सेनाले उनलाई कुट्यो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार