पूर्वजका ज्ञानको अनुसरण गर्न आवश्यक: प्रधानमन्त्री ओली

पुर्खाको ज्ञानलाई स्वीकार गरेर अगाडि बढे मात्र विज्ञता हासिल गर्न सकिने

केपी शर्मा ओली
फाइल तस्बिर

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजहरुले दिएका कैयौं परम्परागत ज्ञानको अनुसरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् । पुर्खाको ज्ञानलाई स्वीकार गरेर अगाडि बढे मात्र विज्ञता हासिल गर्न सकिने उनको भनाइ छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञान भएको उल्लेख गरे ।

‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ । हामीहरुले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता हो,’ उनले भने, मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौं । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौं ।’

प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण सम्वर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए ।

सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी गठबन्धनमा संलग्न नेता तथा तिनका क्रियाकलापका साथै आफ्नै पार्टीका नेताहरुको तीखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओलीले बिहीबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधीहरुको बेलिविस्तार लगाए ।

उनले पूर्वजहरुको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको दाबी गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार