छोरीको जबरजस्ती करणी गर्ने बुवा पक्राउ !

छोरीको जबरजस्ती करणी गर्ने बुवा पक्राउ

जेल चलान

 सिरहा: सिरहामा छोरीको जबरजस्ती करणी गर्ने बुवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका–४ का ४० वर्षीय तारणी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

शर्मालाई सिरहाको मिर्चैयाबाट आइतबार दिउँसो साढे १२ बजे पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

त्यस्तै, लागुऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरी चौकी सीतापुर सिरहाको कार्यालय अगाडिबाट चेकजाँचका क्रममा लहान नगरपालिका–१ का सञ्जयकुमार मण्डल पक्राउ परेका छन्।

मण्डलको साथबाट लागुऔषध नाइट्रोभेट ट्याबलेट ४३ पिस बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ। -देश सञ्चारबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार