युवा परिषद् सुदूरपश्चिमद्धारा सुदूरका ८ जना युवा पुरस्कृत !

८ जना युवाहरू सम्मानीत

सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले ८ जना युवाहरूलाई सम्मान

धनगढी: सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले ८ जना युवाहरूलाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय खेलाडी र विश्व कीर्तिमानीलाई परिषद्ले पुरस्कृत गरेको हो।

शरीरका बिभिन्न ७ अङ्गले लेख्नसक्ने मनोजकुमार चन्द, लागूपदार्थ तथा दुब्र्यसनीमा रहेका युवाहरूलाई पुनर्स्थापना गर्दै आएका कल्पिस कुँवर, युवा उद्यमी मानसिंह साउद, अन्तर्राष्ट्रिय खेलाडी प्रकाशकुमार चन्द, पर्यटन व्यवसायी योगेन्द्र बम, आदर्श युवा क्लब, वन्य जन्तुको खोज र वातावरण संरक्षणमा केन्दीत धिरेन्द्र चन्द र विश्व कीर्तिमानी मुकेश जोशीलाई सम्मान गरिएको हो ।

उनीहरूलाई मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मना साउदले नगद ३५ हजार सहित दोसल्ला र कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए। प्रदेश युवा प्रतिभा सम्मान तथा पुरुस्कार वितरण गरिएको युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार