अन्तर्राष्ट्रिय खेलाडी तथा महिला हिंसा विरुद्धको ‘प्रहार’का अभियन्ता चन्द युवा प्रतिभा सम्मानद्वारा पुरस्कृत

अन्तर्राष्ट्रिय खेलाडी देखि विश्व कीर्तिमानी सम्मले पाए सम्मान

अन्तर्राष्ट्रिय खेलाडी तथा महिला हिंसा विरुद्धको प्रहार का अभियन्ता चन्द युवा प्रतिभा सम्मानद्वारा पुरस्कृत

धनगढी: सुदूरपश्चिमको प्रदेश युवा परिषद्ले सोमबार ८ जना युवाहरूलाई सम्मान गरेको छ । प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी देखि विश्व कीर्तिमानी सम्मले सम्मान पाएका हुन् । सम्मान पाउने मध्ये एक हुन् प्रकाश चन्द । धनगढीमा सञ्चालित गुरुकुल सेकुरेटि सर्भिस प्राली मार्फत युवा र महिला सशक्तीकरणमा लागेका चन्द अन्तर्राष्ट्रिय खेलाडी र रेफ्री हुन् ।

हाल अन्तर्राष्ट्रिय तथा अफिसियल कराँते प्रतियोगिताको अन्तर्राष्ट्रिय रेफ्रिको रुपमा रहेका चन्द कराँतेका अन्तर्राष्ट्रिय खेलाडी हुन् । २०५० साल देखि खेल क्षेत्रमा आबद्ध चन्दले करिब २ दर्जन बढि स्वर्ण पदक, एक दर्जन बढि रजत पदक र एक दर्जन बढि कांस्य पदक जितेर राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन् ।

सन् २०१० र २०११ मा जर्मनीमा भएको वर्ड कराँते च्याम्पियनसिप प्रतिस्पर्धा गरिसकेका चन्द अहिले बिभिन्न खेल, क्लब तथा सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय व्यक्ति हुन् । उनले रोजगार प्रवर्द्धन गरि युवा परिचालन जस्ता बिभिन्न कार्य गर्दै आइरहेका छन् ।

वीर बहादुर चन्द र गोमती देवी चन्दको ज्येष्ठ सन्तानको रुपमा २०३८ साल फागुन १५ गते कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर २ मा जन्मिएका चन्दले महिला हिंसा विरुद्ध प्रहार अभियान समेत सुरु गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा करिब १५ हजार ७ सय जना महिला, युवा र बालबालिकाहरूलाई प्रतिरक्षा तालिम दिइसकेका छन् ।

घरेलु हिंसालाई न्यूनीकरण गर्ने र आगामी ५ बर्ष भित्र २ लाख बढि महिला, युवा र बालबालिकाहरूलाई प्रतिरक्षा तालिम दिने उनको योजना रहेको छ । उनले १५३ जना भन्दा बढिलाई प्रदेशका बिभिन्न स्थानमा रोजगारी समेत दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार