आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीद्वारा इलाका प्रहरी कार्यालय सुखडको अनुगमन !

प्रहरीलाई समसामयिक विषयमा निर्देशन

मन्त्री जोशीद्धारा ईलाका प्रहरी कार्यालय सुखडको निरिक्षण
धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले इलाका प्रहरी कार्यालय सुखडको अनुगमन गरेकी छिन । सोमबार मन्त्री जोशी सहितको टोलीले उक्त प्रहरी कार्यालयको अनुगमन गरेको हो ।
प्रदेशका विभिन्न जिल्लाका कारागारको अनुगमन तथा निरीक्षण गर्दै आउनु भएकी मन्त्री जोशीले आज इलाका प्रहरी कार्यालय सुखडको पनि अनुगमन गरेकी हुन । इलाका प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै मन्त्री जोशीले त्यहाँ कार्यरत प्रहरीलाई समसामयिक विषयमा निर्देशन समेत दिएकी छिन ।
प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण मन्त्री जोशी सहित प्रदेश सभा सदस्य अमर साउँद लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो । मन्त्री भएकै दिन देखि मन्त्री जोशी आफ्नो मन्त्रालय मातहत रहेका विभिन्न सरकारी कार्यालयको निरीक्षण तथा अनुगमनमा व्यस्त छिन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार