आज प्रधानमन्त्रीको सपथ लिँदै देउवा, राष्ट्रपति कार्यालयले थाल्यो तयारी

देउवाले आज प्रधानमन्त्रीकाे सपथ लिनुहुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीकाे सपथ लिनुहुने भएकाे छ । उहाँलाई राष्ट्रपति कार्यालयले आजै प्रधानमन्त्रीमा नियुक्ति गर्ने र लगत्तै शपथ गराउने तयारी थालेको बताइएको छ ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनासँगै रिट निवेदक पक्षका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समय तोकेरै परमादेश जारी गरेको थियो । जसअनुसार आज साँझ ५ बजेभित्र राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र शपथ गराइसक्नुपर्नेछ ।

पाचौँपटक प्रधानमन्त्री बन्न लाग्नुभएको देउवाले देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार