आज २०८ औं भानुजयन्ती, नेपाली भाषा साहित्यमा आदिकवीको योगदान सम्झिंदै

भानुभक्त आचार्यको दुई सय आठौं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइदै

आदिकवि भानुभक्त आचार्य

धनगढीः नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको दुई सय आठौं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।

सरल नेपाली भाषामा लेखिएको ‘रामायण’लाई भावानुवाद गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको थियो ।

उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको मानिन्छ ।

विक्रम संवत १८७१ सालमा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्त एक जना घाँसीबाट प्रेरित भएपछि रामायणलाई नेपालीमा रचना गर्नुभएको मानिन्छ ।

उहाँको बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला लगायतका कृतिहरु पनि प्रकाशित छन् । भानु जयन्तीको अवसरमा नेपाल लगायत भारतको सिक्किम, दार्जीलिङ एवं नेपाली भाषी बसोबास गर्ने विश्वका अन्य देशहरुमा पनि विविध कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार