शपथ ग्रहण स्थलमा देउवाको पर्खाइ !

शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन्

शपथ ग्रहण स्थलमा देउवाको पर्खाइ

काठमाडौं: राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उनले सच्याउन भनेका छन् । र, नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् ।

देउवाको अडानपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी लगायत भने पुगिसकेका छन् । –अनलाईनखबरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार