बैतडीका ‘लेन्थवर्कर’हरु को रिले अनशनका १३ दिन व्यर्थ, भएन कुनै सुनवाइ !

आफ्नो परिश्रमको मूल्य रिले अनसन बसेर चुकाउनु पर्ने बाध्यता !

बैतडीका लेन्थ वर्करहरु को रिले अनशनका १३ दिन व्यर्थ, भएन कुनै सुनवाइ !

बैतडीः बैतडीको पाटन पञ्चेश्वर सडक खण्डमा करिब दुई वर्ष अघिदेखि काम गर्दै आएका लेन्थवर्कहरु रिले अनशन बसेको १३ दिन व्यर्थै बितेका छन् । आफूले २ वर्ष देखी काम गरेको पारिश्रमिक नपाएकोले बाध्य भएर रिले अनसन बस्न परेको लेन्थवर्कर उमेश अवस्थीले बताए ।

दुई वर्ष अघिदेखि पारिश्रमिक नपाएका कारण २०७८/०३/१८ गतेबाट रिले अनसन बसेको १३ दिन बितिसक् दासम्म पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको र रिले अनसन बस्नु अगावै प्रदेश सरकारलाई सडक डिभिजन कार्यालय बैतडी र पूर्वाधार कार्यालय बैतडीले उनीहरूको तलबको लागि पत्र लेखी पठाएको भए पनि कुनै सुनवाईनै नभएको अनसनरत लेन्थवर्करहरुको भनाई छ ।

पारिश्रमिक पाउने आसमा २ वर्ष देखि भोक तिर्खा नभनी काम गरी रहेको भए पनि आफूहरूले हालसम्म तलब नपाएको अनसनरत लेन्थवर्कर जयराम भुलको गुनासो छ । उनले भने, ‘हामीले बेला बेला काम गरेको पारिश्रमिक पनि नमागेका हैनौँ, तलब दिनुहोस् भन्दा तपाईँ काम गर्नुहोस् केही दिनमा मिल्छ भन्दै २ वर्ष झेले ।’

तर यो २ वर्षको अन्तरालमा दसैँ तिहार नभनी काम गर्दा पनि एक रुपियाँ त परैजावस अहिले आफूहरूले आफ्नो परिश्रमको मूल्य रिले अनसन बसेर चुकाई रहेको बताउने जयरामले प्रश्न गर्दै भने, ‘अब त घरधन्दा चलाउनै गाह्रो भयो । खै हाम्रो पीडा कसले सुनिदिने ?’

रिले अनसन पश्चात् अहिले केही लेन्थवर्कर हरू बिरामी भई अस्पताल भर्ना हुने क्रम जारी छ । तथापि उनीहरू भने बरु मर्नुपरे मरिन्छ तर माग पुरा नहुँदा सम्म अनशन नतोड्ने भन्दै अनवरत रूपमा अनशनमै छन् ।

रिले अनसन बसेका लेन्थवर्कर हरूको पक्षमा पारिश्रमिकको माग गर्दै जिल्ला स्थित विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, विद्यार्थी सङ्गठन र अन्य राजनीतिक भातृ सङ्गठनहरूले विज्ञप्ति र ज्ञापन पत्र सहित माग गर्नु का साथै लेन्थवर्करहरुले गरेको आन्दोलनमा नेपाल सडक मजदुर ट्रेड युनियन जिल्ला कमिटी बैतडीले पनि आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ । ट्रेड युनियनले एक विज्ञप्ति जारी गर्दै अनसनमा बसेका लेन्थवर्करहरुका माग तीन दिनभित्र पूरा गर्न आग्रह गरेको छ । लेन्थवर्करहरुका माग तीन दिनभित्र पूरा नभए आन्दोलनका थप कार्यक्रम गरिने चेतावनी दिएको भए पनि आज रिले अनसनमा १३ दिन बितिसक्दा समेत कुनै सुनवाइ भएको छैन ।

यता बैतडीबाट निर्वाचित सांसदहरूले पनि लेन्थवर्करहरुले पारिसर्मिक पाउनु पर्नेमा जोड दिएका छन् । बैतडीबाट निर्वाचित संविधान सभा सदस्य सङ्घीय सांसद दामोदर भण्डारीले पाटन पञ्चेश्वर सडक खण्ड प्रदेश मातहत गएको सडक भएकाले प्रदेश सरकारले नै उनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट (आदित्य)ले पनि प्रदेश सभामा उनीहरूको पारिश्रमिक पाउनु पर्ने भन्दै लेन्थवर्कर हरूको विषयमा कुरा उठाएका थिए ।

यद्धपी खै किन हो कुन्नि भोक प्यास, दिन/रात, हिउँद/बर्खा नभनी काम गरेका निर्दोष मजदुरहरूले उही भोको पेटमा रिले अनसन बस्न परेको छ । लेन्थवर्करहरुले आफ्नो मेहनत र पसिनाको फल कहिले पाउने ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार