निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने

आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने

निर्वाचन आयोग

काठमाडौं: निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने भएको छ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै निर्वाचन नहुने भएपछि आयोगले मतदाता नामावली संकलन र अद्यावधिक कार्य सुचारु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

यसअघि जेठ ८ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गरेपछि आयोगले मतदाता नामावली संकलन कार्य जेठ ९ गतेबाट स्थगित गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार