प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै, के होला परिणाम ?

नयाँ सरकारले आज विश्वासको मत लिदै

प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार (आज) विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभा पुनर्स्थापनापछि गठन भएको नयाँ सरकारले आज विश्वासको मत लिन लागेका हुन् ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिमण्डलले बुधवार बसेको मन्त्रिपरिषद् बैठकले आजको लागि प्रतिनिधि सभाको बैठक आह्वानका लागि सिफारिस गरेको थियो ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार आज अपरान्ह ४ बजे संसदको दुवै सदनको बैठक बस्दैछ । आज दुई चरणमा बैठक बस्दैछ । पहिलो चरणमा विविध विषयमा छलफल हुने र दोस्रो चरणमा बस्ने बैठकमा सभापति देउवाले विश्वासको मत लिने संघीय संसद सचिवालयले जनाएको छ ।

“विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुख मार्फत संसद सचिवालयमा दर्ता भैसकेको । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुहुने ।” संसद सचिवालयले भनेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार