विहे नगरी बच्चा जन्माउने इच्छा छ : नायिका नम्रता सापकोटा

'सिंगल आमा बन्न पाउने अधिकारले वैधानिकता पाउदै'

नायिका नम्रता सापकोटा

काठमाडौं: नायिका नम्रता सापकोटाले आफूसँग जोडिएर आएको प्रेमको चर्चालाई नकार्न नसक्ने बताएकी छन् ।

टेलिभिजन कार्यक्रममा बोल्दै आफू धेरै कोएक्टरसँग सँगत गर्नु परिरहेको अवस्थामा बाहिर आउने प्रेमका चर्चाहरुलाई नकार्न नसक्ने उनले बताएकी हुन्।

‘कहिले काँही आफूसँगै अभिनय गरिएको ‘को एक्ट’सँग बसिन्छ । चिया कफी खाइन्छ बोलिन्छ । साथी सर्कल भनेको त्यही हो,’ उनले भनिन् ‘ त्यसरी देख्दा देख्दै अफियर छ भनेर न्यूज आउछ भने म इजी वेमा लिन्छु । कता लुकाउनु सबै।’

उनले हालको अवस्थामा सिंगल रहेको पनि खुलाएकी छन् । विवाहको समय पुगेको भएपनि विवाह नगरि बच्चा पाउने इच्छा रहेको उनले बताइन् । त्याे पूरा गर्ने समेत उनले बताइन् ।

‘साच्ची भन्दा खेरी बिहे चाही होइन, बच्चा चाही पाउन मन छ मलाई’, बिहे नगरी बच्चा पाउने पक्षमा हो तपाई ? भन्ने दोहोरो प्रश्नमा उनले भनिन् ‘समयले के मोड लिन्छ मलाई थाहा छैन । तर म बच्चा चाही पाउँछु । बिवाह गरेर हुन्छ वा नगरी हुन्छ । जे पनि हुनसक्छ । आगामी दिनमा । किन भने हामीले नै विस्तारै समाज परिवर्तन गर्नु पर्छ।’

विस्तारै नेपाली समाज परिवर्तन हुँदै आएको बताउदै उनले सिंगल आमा बन्न पाउने अधिकारले वैधानिकता पाउदै गएको उनले बताइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार