नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बिश्वासको मत दिनुभन्दा दिए संसदबाट राजीनामा

प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा

डा. भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गर्नुभएको छ । रावलले भर्खरै संसद सचिवालयमा राजीनामा पत्र बुझाएर बाहिरिनु भएको छ । यसअघि आजै सिंहदरबारमा बसेको माधव नेपाल पक्षका सांसदहरुको भेलामा उहाँले राजीनामा दिने बताउनुभएको थियो ।

रावलले पार्टी एकताका लागि नेतृत्व तहमा छलफल भैरहेका बेला प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनु गलत हुने भन्दै राजीनामाको निर्णयमा पुगेको बुझिएको छ । नेपाल समूहका अन्य सांसदहरु भने विश्वासको मतको पक्षमा छन् ।

देउवालाई प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्र र सर्वोच्च अदालतको रिटमा भने रावलले पनि हस्ताक्षर गर्नुभएको थियो ।

No photo description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार