एमाले केन्द्रीय कमिटी बैठक, फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्नेबारे छलफल

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक
फाइल तस्बिर

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरमा शुरू भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बैठक शुरू भएको हो । बैठकले प्रधानमन्त्री सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदमाथि कारबाही गर्ने सम्भावना छ ।

आइतवार बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने निर्णय गरेको थियो । प्रतिनिधि सभामा आइतवार एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरू बैठकमा माधव नेपाल पक्षका नेताहरू भने उपस्थित छैनन् । सर्वोच्चको आदेशले प्रतिपक्षमा पुगेपछि एमाले केन्द्रीय कमिटीको बैठक बसेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार