आज तुलसी रोप्ने दिनः कैयौँ छन् तुलसीका फाइदा !

आज हरिशयनी एकादशी तुलसी रोपण दिवस !

आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान

आज परेको हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । प्रत्येक वर्षको ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखिन्छ भने आषाढ शुक्ल एकादशीका दिन मठमा रोपिन्छ ।

तुलसीलाई वैदिक सनातन धर्मालम्बीहरूले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको पूजा आराधना गरे पनि तुलसी एक बहु उपयोगी बिरुवा मानिन्छ । धार्मिक तथा आयुर्वेदको दृष्टिकोणले पनि अति नै महत्त्वपूर्ण मानिन्छ ।

तुलसीको मुख्य दुई प्रजाति रहेको हुन्छ – कालो तुलसी र सेतो तुलसी । कालो तुलसी गाढा हरियो र कालो रङ्गको हुन्छ भने सेतो तुलसी सेतो, हल्का हरियो रङ्गको हुन्छ । यी दुवै प्रकारका तुलसीमा औषधीय गुण भरिपूर्ण रहेको हुन्छ ।

तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले भरिपूर्ण मानिन्छन् । आयुर्वेदमा तुलसीको प्रयोगको कैयौँ विधि बताइएको छ ।

फाइदाहरू

– छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाएर पकाई बिस्तारै छातीमा मालिस गर्दा फाइदा गर्छ ।

– तुलसीको पातको रसमा ज्वानो मिसाएर खाँदा पेटको जुकालाई मार्छ ।

– बान्ता भएमा तुलसीको रसमा अलैँची वा सुकुमेलको धुलो मिसाएर सेवन गर्दा फाइदा हुन्छ ।

– मुखको दुर्गन्ध हटाउन तुलसीको पातलाई चपाउँदा फाइदा गर्छ ।

– शीघ्र स्खलन, स्वप्न दोष, नपुंसकता, लिङ्ग शिथिलता आदिमा तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर सेवन गर्दा फाइदा हुन्छ ।

– कुनै पनि शारीरिक सङ्क्रमण तथा ज्वरोमा तुलसी उपयोगी मानिन्छ ।

– तुलसीको पात र बेसारलाई मिसाएर घाउ खटिरामा लगाउँदा फाइदा गर्छ ।

– खोकी लागेको बेला तुलसीको पात र अदुवाको टुक्रा पकाएर रस निकालेर मह मिसाएर सेवन गर्दा फाइदा गर्छ ।

– तुलसीको पातको रस सुत्नुभन्दा अगाडी अनुहारमा लगाउँदा डन्डिफोरबाट छुटकारा मिल्छ ।

– टाउको दुख्दा तुलसीको रसले निधारमा मालिस गर्दा फाइदा गर्छ ।

– बच्चालाई मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउँदा पेट स्वस्थे त हुन्छ नै, छाती दुख्ने, कफ जम्ने समस्या पनि हट्छ ।

– तुलसीको रसले मुख कुल्ला गरेमा दाँत तथा गिजाबाट आउने रगत बग्न रोकिन्छ ।

– हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउँदा उच्च रक्तचाप नियन्त्रण गर्छ । साथै तनाव हटाउँछ ।

– तुलसीको पात चपाएर पनि खान सकिन्छ । पातको चूर्ण बनाई अदुवा, मरीच आदिमा मिसाई चिया बनाएर पिउँदा फाइदा गर्छ ।

– कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ ।

– तुलसीको पात पकाएर बिहान खाली पेटमा नियमित रूपमा पिउँदा अजीर्ण एवं अपचको समस्या कम हुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार