रिक्त पदहरूको विवरण उपलब्ध गराउन सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको आग्रह !

भदौ पहिलो हप्तासम्म विज्ञापन खोल्ने तयारी

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग

धनगढी: प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदहरूको पदपूर्ति सुरु गर्ने तयारी गरेको छ । लोकसेवा आयोगको गठन भरसकेपछि आवश्यक कानुनहरूको निर्माण भइसकेकाले प्रदेश लोकसेवा आयोगले पदपूर्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

‘आयोगलाई काम गर्न आवश्यक कानुनहरू बनिसकेका छन् । अब द्रुत गतिमा पदपूर्ति कहिले गर्ने भनेर हामी आतुर छौँ ।’ प्रदेश लोकसेवा आयोगका सचिव दुर्गादत्त विष्टले भने ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट रिक्त दरबन्दीको विवरण आइपुग्ने बित्तिकै पदपूर्तिका काम अघि बढाउँछौँ ।’

साउन १५ गतेभित्र प्रदेशमा रहेका रिक्त पदहरूको विवरण उपलब्ध गराइदिन लोकसेवा आयोगले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यकाललाई आग्रह गरिसकेको छ । सचिव बिस्टका अनुसार मागेकै समयमा जानकारी आइपुगे भदौ पहिलो हप्तासम्म विज्ञापन गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार