सहमति कार्यान्वयन नभए सङ्घर्षको बाटोमा जाने विप्लव नेता पुनको चेतावनी, यस्ता छन् ९ बुँदे निर्णय ?

विप्लवद्वारा १३औँ पूर्ण बैठकको ९ बुदे निर्णय सार्वजनिक

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश पुन
ओम प्रकाश पुन

धनगढी: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले कैलाली जिल्ला समितिको १३ औँ पूर्ण बैठकको निर्णयहरू सार्वजनिक गरेको छ । जिल्ला समितिको साउन १, २ र ३ गते सम्पन्न भएको पूर्ण बैठकका निर्णयहरू मङ्गलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । निर्णयमा मुख्यतया नेपाल सरकार र नेकपा विप्लवबिच भएको सहमति कार्यान्वयन, वैज्ञानिक समाजवादका लागि जनमत सङ्ग्रह तथा विभिन्न निर्णयहरु लाई महत्त्व दिइएको छ । अव्यवस्थित दलीय व्यवस्थाले राज्यको विकास गर्न नसकेको भन्दै विभिन्न बुँदा तथा मागसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना निर्णयहरू सार्वजनिक गरेको छ । प्रतिबन्ध फुकुवा प्रश्चात भएका कयौँ राजनीतिक अवस्थालाई केन्द्रित गर्दै सर्वसाधारणको माग र देशको निकासप्रति सार्वजनिक महत्वका ९ बुँदे माग तथा निर्णय सार्वजनिक गरिएको जिल्ला समिति कैलालीका सचिव दीपेन्द्र चलाउनेले जानकारी दिनुभएको छ ।

त्यस्तै आफ्नो पार्टीले हत्या र हिंसाको बाटो नभएर क्रान्ति रोजेको बताउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश पुनले राज्य अहिले पनि आफूहरूको सिद्धान्त विपरीत रहेको आरोप लगाउनुभयो । बाध्यात्मक परिस्थितिका कारण सरकारले लगाएको प्रतिबन्धको प्रतिरोधमा हिँड्नुपरेको र अहिले राज्यकै आवश्यकता र बाध्यता र आफूहरूको सचेतता र आवश्यकताका कारण प्रतिबन्ध फुकुवा भएको भए तापनि सरकारसँग गरिएको तिन बुँदे सहमति कार्यान्वयन नभएको पुनले बताउनुभएको छ । कैलाली, बैतडी, बझाङ र अछाम लगायत देशभरका विभिन्न कारागारमा रहेका आफ्ना साथीहरूको रिहाइको माग राख्दै पुनले सहमति कार्यान्वयन नभए सङ्घर्षको बाटोमा जाने चेतावनी समेत दिनुभएको छ ।

त्यस्तै पुनले दलीय व्यवस्थाले राज्यको निकास दिन नसकेको बताउँदै छिट्टै जनमत सङ्ग्रहमा जाने सङ्केत दिनुभएको छ । आफूहरूले तय गरेको तत्कालीन कार्यनीति अन्तर्गत चुनावमा जाने, शान्तिपूर्ण प्रतिस्पर्धामा जाने, शान्तिपूर्ण रूपमा आफ्ना कुराहरु पनि राख्ने तर संसदीय व्यवस्था स्वीकार नगर्ने उहाँले बताउनुभयो । आफूहरूको कदम र तय गरेको निर्णयले जनतालाई राज्यव्यवस्था आफै चुन्ने अधिकार दिने पुनको भनाई रहेको छ ।

विगतका दिनमा राज्य व्यवस्थाको सम्पूर्ण अधिकार दरबारमा रहेको र अहिले असफल व्यवस्था र अव्यवस्थित राजनीतिक व्यवस्थाको परिणाम स्वरूप अदालतले राज्यका महत्त्वपूर्ण फैसला गर्न लागेका कारण त्यसको प्रतिरोध र सहमति कार्यान्वयनका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले सङ्घर्षमा जाने सङ्केत स्वरूप विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

यस्ता छन्, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा कैलाली जिल्ला समितिको १३ औँ पूर्ण बैठकको निर्णयहरू…

यस्ता छन्, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा कैलाली जिल्ला समितिको १३ औँ पूर्ण बैठकको निर्णयहरू यस्ता छन्, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा कैलाली जिल्ला समितिको १३ औँ पूर्ण बैठकको निर्णयहरू

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार