SKIP THIS

धनगढी उप-महानगरपालिका

वीपी कोइरालालाई सम्झने दिन, यसरी मनाउँदैछ कांग्रेसले ३९ औं स्मृति दिवस

वीपी कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला

वीपी कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला

काठमाडौं: वीपी कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला । नेपाली राजनीतिक इतिहासले कहिल्यै भुल्न नसक्ने नाम । वीपी कोइरालाको नामबाटै शुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण । उनै नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवस पार्टी तथा उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

यसपालि पनि नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले वीपी कोइरालालाई साउन ६ गतेको अवसर पारेर सम्झिदै छन् ।कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । कोइराला २०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

वीपीको मेलमिलापको नीतिबारे काँग्रेस मात्र होइन कम्युनिष्टहरुले पनि सान्दर्भिक भन्दै आएका छन् । पार्टीहरुबीच मेल नभइ देश विकास हुन्न भन्ने थाहा भए पनि अवसरका लागि जुट्ने र अन्य बेलामा आपसमा द्धन्द्ध बढाइरहने परम्परा यद्यपि छ ।

अर्थात् वीपीलाई हरेक दलले सम्झने गर्छन् । जतिबेला एकताका लागि पहल भइरहन्छ त्यतिबेला सबै दलले वीपीको नाम उच्चारण गरेरै एकताको प्रयास थाल्ने गरेका छन् । त्यसबाहेक वीपीको आदर्श र समाजवादको नीतिलाई अहिलेको कांग्रेस नेतृत्वले समेत भुल्दै गएको आरोप लाग्ने गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘वीपी कोइरालाले एउटा युगलाई परिवर्तन गर्नुभयो । उहाँले जुन क्रान्ति गर्नुभयो उहाँको आन्दोलनमा अहिले पनि हामी लडिरहेका छौं ।’ उनी अहिलेको नेतृत्वले वीपीको आदर्शलाई भुल्दै गएको आरोप लगाउँछन् ।

वीपी त्यस्ता नेता हुन् जसका कुनै पनि खोँट कसैले देखेका छैनन् । कसैले पनि उनको अहिलेसम्म कुनै पनि निर्णयमा आलोचना गरेका छैनन् । अर्थात् उनी दूरदर्शी नेता थिए भन्ने प्रमाण पनि हो ।

साहित्यकारसमेत रहेका वीपीको यौनमनोवादप्रति ठूलाठूला साहित्यकार पनि नतमस्तक हुने गरेका छन् ।

के गर्दैछ कांग्रेसले वीपी स्मृति दिवसमा ?
सत्तामा रहेको नेपाली कांग्रेसले बुधबार ७७ वटै जिल्लामा कार्यक्रम गर्दैछ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसका ७७ वटै जिल्ला कार्यालयको आयोजनामा वीपी स्मृति दिवस मनाइँदैछ ।

र्याली, सभा, गोष्ठीदेखि लिएर वृक्षारोपण लगायतका कार्यक्रमहरु गरिन लागेको हो ।

यता, काठमाडौंमा केन्द्रीय प्रचारप्रसार विभागले गर्ने कार्यक्रममा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने पौडेलले बताए । -हाम्राकुरा डटकमबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार