बर्खाको समयमा कुनै समस्या परे आफूहरूलाई सम्झिन बैतडीका नरेन्द्र साउँदको आग्रह !

बर्खा अवधि भर कुनै समस्या परे सम्झिन आग्रह...

नरेन्द्र साउँद

बैतडी: विगत एक साता यता सुदूरका बैतडी लगायतका पहाडी तथा तराइ जिल्लाहरूमा निरन्तर वर्षा भइरहेको छ।

निरन्तर लामो समय परेको अविरल वर्षाको कारण कहीँ बाढी कहीँ पहिरो जाने खतरा बढ्दो छ। सोही अकल्पनीय खतरालाई मध्यनजर गर्दै बैतडीका युवा नेता नरेन्द्र साउदले यो बर्खा अवधि भर कुनै समस्या परे आफूहरूलाई सम्झिन आग्रह गरेका छन् । उनले शिवनाथ गाउँपालिकाका नागरीकलाई कुनै समस्या परेमा आफूहरूको टिमले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

साउँदले अहिलेको परिस्थितिमा कसैको घर छाना भत्केमा, ज्यालामजदुरि गरी खाने वर्गहरू खाना अभाव वा भोकै बस्ने समस्या आइलागेमा ९८४८७०००४४,९८४३३६७५८१,९८६८७१२२२३, ९८६५९४१२४० मा जानकारी गराएर सहयोग गरिदिन अपिल गरेका छन् ।

राहत दाताहरूको सहयोग अभियान मार्फत दिइने र अविरल वर्षाका कारणले अति समस्या परेका व्यक्ति लाई राहत दिइने साउँदको भनाइ छ । साउँद माओवादी केन्द्रका शिवनाथ गाउँपालिकाका इन्चार्ज हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार