आन्तरिक राजस्व कार्यालय धनगढीले गर्‍यो लक्ष्य भन्दा २३ % बढी राजस्व संकलन !

२३ प्रतिशत बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय धनगढी

धनगढी: आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्य भन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
सो आर्थिक वर्षका लागि चार अर्ब ५० करोड १० लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा पाँच अर्ब ५३ करोड छ लाख ३० हजार रुपैयाँ अर्थात १२२.८७ प्रतिशत राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालयका प्रमुख चन्द्रकुमार श्रेष्ठले अधिल्लो वर्ष कोरोना महामारीका कारण उठ्न नसकेको र वक्यौता रहेको राजस्व आर्थिक वर्ष २०७७-०७८ मा उठ्न गई आन्तरिक राजस्व लक्ष्य भन्दा बढी संकलन भएको बताए ।

उनका अनुसार एक अर्ब ४१ करोड २२ लाख १२ हजार आयकर उठाउने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ८३ करोड एक लाख ६८ हजार अर्थात १२९.६० प्रतिशत संकलन भएको छ । त्यसैगरी, व्याज तीन करोड पाँच लाख ३२ हजार लक्ष्य राखिएकोमा तीन करोड १० लाख १८ हजार अथवा १०१.९६ प्रतिशत, आन्तरिक मूल्य अभिवृद्धि कर ९५ करोड ९१ लाख ४७ हजार उठाउने लक्ष्य राखिएकोमा एक अर्ब ४३ करोड चार लाख सात हजार अर्थात १४९.१३ प्रतिशत, आन्तरिक एक्साइज एक अर्ब ९० करोड १६ लाख २६ हजार उठाउने लक्ष्य राएकोमा दुई अर्ब पाँच करोड ६० लाख १४ हजार अर्थात १०८.१२ प्रतिशत र स्वास्थ्य सेवा कर छ करोड ४५ लाख ८४ हजार उठाउने लक्ष्य राखिएकोमा ११ करोड ३८ लाख ४५ करोड अर्थात १७६.२७ प्रतिशत संकलन भएको छ ।

घरभाडा कर र शिक्षा कर भने लक्ष्य भन्दा कम संकलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीले जनाएको छ । सरकारले शिक्षा कर हटाइसकेको भएपनि पहिलेकै तुलनामा लक्ष्य राखिएको हुनाले कम उठेको कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले शिक्षा कर पुरानो बक्यौता रहेको मात्रै उठ्ने गरेको बताए । उनका अनुसार ७४ लाख ९२ हजार शिक्ष कर उठाउने लक्ष्य राखिएकोमा दुई लाख २७ हजार अर्थात ३.०४ प्रतिशत संकलन भएको छ ।

त्यसैगरी, घर बहाल कर स्थानीय तहहरुले उठाउने गरेको भएपनि सरकारी कार्यालय र सरकारी स्वामित्वको सार्वजनिक संस्थानहरुले आन्तरिक राजस्व कार्यालयमा सो कर तिर्ने गरेका छन् । गैरसरकारी संस्था र निजी क्षेत्रले घर बहाल कर स्थानीय तहमा तिर्ने गरेका छन् । तर पुरानै लक्ष्यअनुसार घर बहाल कर संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोले सो करको लक्ष्य पनि पूरा नभएको कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले १२ करोड ५४ लाख ५९ हजार घर बहाल कर उठाउने लक्ष्य निर्धारण गरिएकोमा छ करोड ८९ लाख ५० हजार अर्थात् ५४.९६ प्रतिशत राजस्व संकलन भएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार