बैतडीको शिगास शिक्षा क्याम्पसमा तोकियो पहिलो पटक परीक्षा केन्द्र, परीक्षा तयारी पूर्ण !

करिब १० वर्ष पछि आफ्नै क्याम्पस बाट परीक्षा सञ्चालन गर्ने मौका

बैतडीको शिगास शिक्षा क्याम्पस

बैतडीः बैतडीको सिगास गाउँपालिका वडा नं.०२ गाँजरी स्थित शिगास शिक्षा क्याम्पसमा पहिलो पटक परीक्षा केन्द्र तोकिएको छ। बि.सं. २०६९ सालमा स्थापित उक्त क्याम्पस प्रशासनले आफ्नै क्याम्पसमा परीक्षा केन्द्र राख्नको लागि अगाडि देखिनै पहल गरेको भए पनि करिब १० वर्ष पछि आफ्नै क्याम्पस बाट परीक्षा सञ्चालन गर्ने मौका पाएको हो।

परीक्षालाई मर्यादित बनाउनको लागि क्याम्पसमा सिसिटिभी क्यामरा जडान भइसकेको, परीक्षार्थीको लागि प्रश्न पत्र, उत्तर पुस्तिका, हाजिरी फारम, केन्द्राध्यक्ष ले भर्नुपर्ने परिपत्र लगायतका सम्पूर्ण सामग्री आइसकेको र परीक्षाको पूर्ण तयारी भइसकेको क्याम्पस प्रमुख राजेन्द्र सिंह धामीले बताए ।

लामो समयको प्रयास पछि परीक्षा केन्द्र आफ्नै क्याम्पसमा हुँदा क्याम्पसका शिक्षक र बिद्यार्थीहरु खुसी भएका छन् । क्याम्पसमा परीक्षा केन्द्र भए सङ्गै विद्यार्थी सङ्ख्या बढ्ने सम्भावना रहेको, स्थानीय विद्यार्थी हरूको खर्चको बचाउ हुने ,क्याम्पस प्रशासन लगायत सबैलाई जिम्मेवारी थप हुने लगायतको कुराहरूमा फाइदा हुने क्याम्पस प्रमुख धामीको विश्वास रहेको छ ।

परीक्षामा नियमित तर्फ १५ जना र आंशिक तर्फ २४ जना गरी जम्मा ३९ जना विद्यार्थी रहेको उक्त क्याम्पसमा क्याम्पस प्रमुख केन्द्राध्यक्ष र क्याम्पस बाट एक जान शिक्षक परिबेक्षक राख्ने आन्तरिक निर्णय भएको क्याम्पस प्रशासनले जनाएको छ ।

आन्तरिक श्रोत बाट परीक्षा केन्द्र सञ्चालन गरिरहेको उक्त क्याम्पसमा परीक्षा केन्द्र राख्न लागी पालिका सङ्ग पटक पटक समन्वय, छलफल पत्र द्वारा जानकारी गराउँदा समेत पनि पालिकाले कुनै सहयोग नगरेको, वडा कार्यालय द्वारा रु. ५ लाख छुट्टाएको भए पनि त्यो रकम पनि निकासा हुन नसकेको क्याम्पस प्रशासनको गुनासो रहेको छ।

सिगास शिक्षा क्याम्पसबाट पहिलो पटक हुन गइरहेको स्नातक स्तर पहिलो वर्ष शिक्षा संकायको परीक्षा यही साउन १० गते बिहान ०७ः०० बजे बाट सञ्चालन गरिने र सम्पूर्ण परिक्षार्थिहरु ले प्रवेश पत्र अनिवार्य लिएर आउनु समेत क्याम्पस प्रमुख धामीले आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार