दुर्घटना न्यूनीकरणमा जुट्यो ट्राफिक प्रहरी, छाडा पशु चौपायामा ‘रिफ्लेक्टिब स्टिकर बेल्ट’ लगाउँदै !

प्रमुख प्र.नि.बिरेन्द्र ब. बोहरा सहितको टोली धनगढीका सडकमा

प्रमुख प्र.नि.बिरेन्द्र ब. बोहरा सहितको टोली धनगढीका सडकमा

धनगढी: दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर (रिफ्लेक्टिब स्टिकर बेल्ट) लगाउने अभियान थालेको छ ।

No description available.

कैलाली यातायात प्रा.लि.को सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाडा पशु चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाउन थालिएको हो ।

No description available.

शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहरा सहितको टोलीले धनगढीका सडकमा छोडिएका चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाएको हो ।

No description available.

मोहना-अत्तरिया ६ लेन सडक खण्ड तथा बजार क्षेत्रमा छोडिएका छाडा चौपायामा टल्कने स्टिकर लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए । रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको थियो ।

No description available.

रातिको समयमा हुने सडक दुर्घटना न्युनिकरणका लागि सवारी चालकले सहजै छाडा चौपायालाई देखुन भन्ने उद्धेश्य सहित चौपायाहरुलाई रिफ्लेक्टिब स्टिकर बेल्ट लगाएको प्रहरी निरिक्षक बोहराले बताए ।

No description available.

अन्य स्थानको तुलनामा मोहना-अत्तरिया ६ लेन सडक खण्ड तथा मुख्य बजार क्षेत्रमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा यो अभियान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार