यस कारण प्रचण्डविरुद्ध खनिए भीम रावल ?

प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति डा. भिम रावलको आपत्ति

डा.भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

रावलले अध्यक्ष ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेको भन्दै उनले आपत्ति जनाएका हुन् । सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ पनि भनेका छन् ।

रावलले चार बुँदामार्फत भनेका छन् ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले)लाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ । एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’ रावलको प्रश्न छ ।

उनले प्रचण्डलाई आफूहरुलेजस्तै ‘त्याग गर्न तयार हुनुहुन्थ्यो ? भन्ने प्रश्न गरेका छन् । ‘हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पु¥यायौँ । हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?’ रावलको प्रचण्डलाई प्रश्न छ ।

  • के भनेका थिए प्रचण्डले ?

प्रचण्डले अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजी र अर्को परियोजना मिलेनियम च्यालेन्ज को-अर्पोरेशन (एमसिसी) को बहानामा सत्तारुढ गठबन्धन फुटाउने योजना भइरहेको बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रममा शनिबार बिहान पेरिसडाँडामा प्रचण्डले अहिलेको कांग्रेस–कम्युनिष्ट गठबन्धनलाई विचार नमिल्ने भन्दै फुटाउने प्रयास भइरहेको बताएका थिए ।

‘विचार नमिल्ने कांग्रेस र कम्युनिष्टको सहकार्य भन्दै त्यसैमाथि खेल्ने कोसिस पनि भइरहेको छ । देशी विदेशी प्रतिक्रियावादीहरुले हामी गठबन्धनको छिद्र खोज्दैछन्, कमजोरी खोजिरहेका छन् । आजै मैले यसबारेमा प्रधानमन्त्री र माधव नेपालजीसँग पनि कुरा गरेको छु’, प्रचण्डको भनाइ थियो ।

प्रतिगामीहरुले हरहालतमा टाउको उठाउन खोजिरहेको र यसबारे गम्भीर भएको बताएका प्रचण्डले आफूहरुको आन्दोलनकै कारण केपी ओलीहरूले घुँडा टेकेर पछारिएको पनि बताएका थिए । ‘केपी ओलीहरू पाहा पछारिए जसरी पछारिएका छन् तर उनीहरु अझै पनि हाम्रो गठबन्धन फुटाउन लागेका छन् । हामीबीच छिद्र खोज्दैछन्’, प्रचण्डको भनाइ थियो । -रातोपाटीबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार