ट्राफिक प्रहरी कैलालीले दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरको ट्रलीमा टाँस्यो टल्किने स्टिकर !

रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास

ट्राफिक प्रहरी कैलालीले दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरको ट्रलीमा टाँस्यो टल्किने स्टिकर !

धनगढी: कैलालीमा ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण गर्न ट्याक्टरको ट्रालीमा टल्किने स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।

No description available.

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले रातिको समयमा हुने सवारी दुर्घटना न्यनिकरणका लागि ट्याक्टरको ट्रालीमा टल्किने स्टिकर (रिफ्लेक्टिब) टाँस्ने अभियान सुरु गरेको हो ।

No description available.

ट्याक्टरको ट्रलीमा लाइटहरूको व्यवस्था नहुने हुँदा ट्रलीको पछाडिको भागमा टल्किने स्टिकर (रिफ्लेक्टिब) टाँस्ने अभियानको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

No description available.

रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरणका लागि मोहना–अत्तरिया ६ लेन सडक खण्ड र धनगढी बजारबाट ट्याक्टर र छाडा पशु चौपायामा टल्किने स्टिकर लगाउने अभियान सुरु गरिएको उनले बताए । उनका अनुसार छाडा चौपायाको घाँटीमा र ट्याक्टरको ट्रालिको पछाडिको भागमा टल्किने स्टिकर लगाउने अभियान थालिएको हो ।

No description available.

सो अभियानले रातिको समयमा हुने सवारी दुर्घटनाबाट जनधन र पशु चौपायाको क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको प्रहरी निरीक्षक बोहराका भनाई छ ।

No description available.

यो अभियान धनगढी बजार, पूर्व पश्चिम राजमार्ग लगायत कैलाली जिल्ला भरि नै लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार