कञ्चनपुरमा निर्मला पन्तका हत्यारालाई कारबाहीको माग !

जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र

कञ्चनपुरमा निर्मला पन्तका हत्यारालाई कारबाहीको माग

कञ्चनपुर: कञ्चनपुरमा तीन वर्ष अघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै नागरिक समाज कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

नागरिक समाज कञ्चनपुरका अध्यक्ष नरबहादुर साउदले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि दोषीहरू कानुनी दायरामा नआउनु दुःखद भएकाले र तत्काल दोषीहरूको पहिचान गरी कारबाहीको मागसहित कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

उहाँले कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्न समेत सरकारसँग समेत माग गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिक समाजले निर्मला पन्तको हत्या र कोभिड–१९ महामारीको विषयलाई लिएर बुझाएको ज्ञापन पत्र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पठाउने बताउनु भएको छ ।

निर्मला पन्तको २०७५ साल श्रावण १० गते हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार