रेशम चौधरीले भने, ‘मेरो पहिलो अध्यक्ष महन्थ ठाकुर हो, दुवै अध्यक्ष सँग छलफल गरेपछि सनाखत गर्छु’

प्रतिनिधि सभा सदस्य रेशम चौधरी निर्वाचन आयाेगमा

रेशम चाैधरी निर्वाचन आयाेगमा

काठमाण्डाै: जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेशम चौधरी निर्वाचन आयाेगमा उपस्थित हुनभएकाे छ ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी अहिले निर्वाचन आयोग पुग्नुभएको छ । जसपाको आधिकारिकता विवाद भएपछि त्यसको निरूपणका लागि निर्वाचन आयोगले सनाखत गर्न सबै नेतालाई बोलाएपछि डिल्लीबजार कारागारमा रहनुभएका चौधरी आयोग पुग्नुभएको हो ।

चौधरीले आफू कुन पक्षलाई सनाखत गर्ने भन्ने विषयमा खुलाउनुभएको छैन । चौधरीले ‘मेरो पहिलो अध्यक्ष महन्थ ठाकुर हो, उहाँलाई भेट्छु। अनि उपेन्द्र यादवजीलाई भेट्छु।’ आफूले पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसँग छलफल गरेपछि सनाखत गर्ने बताउनुभएको छ ।

जसपाको आधिकारिकता विवाद निरूपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई आज सोमवार बोलाएको हाे । अहिले जसपाका सबै नेता सनाखतका लागि निर्वाचन आयोगमा छन् । -तस्बिरः कान्तिपुर/अंगद ढकाल

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार