कोरोना सचेतनामा जुट्यो ट्राफिक धनगढी, सडकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्दै !

कोरोना सङ्क्रमण न्यूनीकरणका लागि जनचेतना फैलाउँदै ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली
धनगढीः कोरोना सङ्क्रमण न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडकमा जनचेतनामूलक कार्यक्रमको थालनी गरेको छ ।
No description available.
आज मङ्गलवार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको हो । No description available.
धनगढी चौराहा गरिएको सचेतना कार्यक्रममा कोरोना महामारीको दोस्रो लहरबाट बच्न मास्कको प्रयोग गर्न, नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
No description available.
साथै, मास्क नलगाई सडकमा हिन्ने हरूलाई मास्क वितरण गरी सम्झाई बुझाई पठाइएको ट्राफिक प्रहरी सिद्धिराज विष्टले जानकारी दिए ।
No description available.
हेर्नुहोस्, भिडियो…

 

View this post on Instagram

 

A post shared by Sodhpatra (@sodhpatra_com)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार