अछाममा ट्राफिक नियमको उलङ्घन गर्ने ४२६३ सवारी साधन कारबाहीको दायरामा, २६ लाख बढी राजस्व सङ्कलन

सवारी दुर्घटनामा परी ६ जनाले ज्यान गुमाए

ट्राफिक नियम

अछाम: जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले गएको आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनहरूलाई कारबाही गरेर २६ लाख भन्दा बढी रुपैयाँको राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियमको उलङ्घन गर्ने ४२६३ वटा सवारी साधनहरूलाई कारबाही गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले २६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

यसैबिच जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका अनुसार गएको आर्थिक वर्ष २०७७/७८ मा अछाममा सवारी दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा ५ जना पुरुष रहेका छन् भने १ जना महिला रहेका छन् ।

अछाममा गएको आर्थिक वर्ष २०७७/०७८ मा १० वटा सवारी दुर्घटनाहरू घटेका जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ । धेरै जसो ठाउँहरूमा सडक पूर्वाधार नपुगेकाले र पहाडी जिल्लाहरूमा तुलनात्मक रूपमा सवारी साधनहरूको चाप कम हुने गरेकाले कैलाली , कञ्चनपुर लगायतका तराइका जिल्लाहरूमा भन्दा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा तुलनात्मक रूपमा सडक दुर्घटना भने कम घटेका जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका प्रमुख समेत रहनुभएका प्रहरी निरीक्षक वीर बहादुर विष्टले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार