दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको मर्मत कार्य सुरु !

दैनिक ६ घण्टा सवारी साधन सञ्चालन रोकेर थालियो मर्मत

महाकाली नदि माथिको झोलुङ्गे पुल
प्रकाशित : :

कञ्चनपुर: जिल्लाको दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत सुरु गरेको छ ।

दैनिक छ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।

नगर प्रवक्ता सिजालीले भने, “पुल मर्मत सुरु भएको छ, काम सकिएपछि मात्र पुनः सञ्चालन हुनेछ।”

बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ। आगामी दुई÷तीन दिनमा काम सकिने लक्ष्य रहेको उनले बताए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट