तोकिए अनुसारको तलब नपाएको भन्दै बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडामा तालाबन्दी

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु द्धारा नगरपालिकामा तालाबन्दी

बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडामा तालाबन्दी

बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका तालाबन्दी गरिएको छ। बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन्।

यस्तै उनीहरुले नगरभित्रका सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। संघीय सरकारले बजेट भाषणमै बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याउने घोषणा गरेपनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गरेको उनीहरुले जानकारी दिएका छन्।

नगरपालिका र १० ओटै वडा कार्यालयमा तालाबन्दी गरिएको र आफ्ना माग पूरा नहुँदा सम्म तालाबन्दी नखुल्ने लटिनाथ आधारभूत सलेलीगाउँमा कार्यरत बालविकास सहजकर्ता द्रोपती खत्रीले बताइन्। यसअघि विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिका ज्ञापन पत्र बुझाएको भएपनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको खत्रीले बताइन्।

यता, नगर प्रमुख र उपप्रमुख काठमाण्डौंमा छन् भने कार्यालय प्रमुख समेत बाहिर रहेको बताइएको छ। नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको कुरा जानकारीमा आएको र तत्कालका लागि ताला खोल्न आग्रह गरिएको नगर उपप्रमुख जानकी ऐर बमले बताइन्। पुर्चौंडी नगरपालिकामा १५१ जना बालविकास सहजकर्ता र विद्यालय कर्मचारी रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार