सीसीएमसीको बैठक बस्दै, ‘लकडाउन’ कडा पारिने सम्भावना

बैठक आज (शुक्रबार) अपराह्न ४ बजे सिंहदरबारमा बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवा

बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज (शुक्रबार) अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो। बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

केही दिनयता कोरोना संक्रमणको दैनिक दर ह्वात्तै बढेको छ।  हिजो (बिहीबार) मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

अहिले पनि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी नै छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन हुनेगरी खुकुलो पारिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार