माग सम्बोधन नभएको भन्दै धनगढी उप-महानगरपालिकाको कार्यालयमै शिक्षकहरू को रिले अनसन

धनगढी उप-महानगरपालिकाको कार्यालयमै शिक्षकहरू को रिले अनसन

धनगढी उप-महानगरपालिकाको कार्यालयमै शिक्षकहरू को रिले अनसन
धनगढीः धनगढीमा शिक्षकहरू आन्दोलित भएका छन्। आफ्ना विभिन्न मागहरू सम्बोधन नभएको भन्दै शिक्षकहरू आज शुक्रवार रिले अनसन बसेका हुन् ।
शिक्षक व्यवस्थापन गर्नुपर्ने, बालबिकासको तलब सङ्घीय सरकारले दिनुपर्ने, विद्यार्थीलाई खोप लगाउनुपर्ने लगायतका माग सम्बोधन नभएपछि आफूहरू आन्दोलित हुनु परेको आन्दोलन परिचालन समिति संयोजक तीर्थराज पाण्डेयले जानकारी दिनुभयो ।
साथै, पाण्डेले सबै शिक्षक विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिनुपर्ने माग गरिएको बताउँदै आन्दोलनलाई थप सशक्त रूपमा अगाडि बढाउनका लागि धनगढी उप-महानगरपालिकामा रिले अनसन बसेको बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार