दार्चुलामा रोकिएन ‘एसएसबी’ आतङ्क, तुइन काटिदिँदा महाकालीमा एक जना बेपत्ता !

'एसएसबीले एक्कासि तुइन काटिदियो', कहिले हन्छन् तुइन बिस्थापित ?

तुइन
तुइन

दार्चुला: बाँस गाउँपालिका २ माल घाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एक जना नेपाली नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । शुक्रवार बिहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा नदीमा तुइन तर्दै थिए ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रसिह धामीले बताउनुभयो । भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियो उहाँले भन्नुभयो, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन् । पाँच-छ जना स्थानीयहरू सामान लिन भारतको बाटो हुँदै दार्चुला आइरहेका थियौँ धामीले भन्नुभयो पाच /छ जना तुइनबाट भारत तरेका थिए । जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिएको धामीले बताउनुभयो।

भारत पांगलमा रहेका एसएसबीले तुइन काटी दिएका हुन् । धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन् । नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरू दार्चुला सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ । तुइनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् । सरकारले तुइनमुक्त कार्यक्रम अन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भए पनि पुल निर्माण अलपत्र छ ।

व्यासका नागरिकहरू खाद्यान्न, औषधी, र आवतजावत यही तुइनमार्फत आवतजावत गर्दै आएका छन् । बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भए पनि स्थानीयले लुकाई छिपीले तुइन लगाउने गरेका छन् । अहिले घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार