कान्द्रा नदीमा डुबेर दुई बालिकाको ज्यान गयो, एकको खोजी कार्य जारी

कान्द्रा नदीमा नुहाउने क्रममा वर्षेनी बालबालिकाको ज्यान जाने

कान्द्रा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको
फाइल तस्बिर

कैलाली: कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको छ भने एक बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–९ डोङपुरका धनबहादुर सिँहकी ९ वर्षका छोरी लक्ष्मी सिँह र सोही ठाउँका रामफल चौधरीका ७ वर्षकी छोरी जेनी चौधरीको ज्यान गएको हो।

उनीहरुसँगै डुबेकी धनबहादुरकी ६ वर्षकी अर्की छोरी अनु सिँह बेपत्ता छिन्। उनको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।

उनीहरु नुहाउन गएका बेला आज दिउँसो साढे चार बजे नदीमा डुबेर बेपत्ता भएका हुन्। कान्द्रा नदीमा नुहाउने क्रममा वर्षेनी बालबालिकाको ज्यान जाने गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार