६६ हजार जरिवाना गरी सम्झाइ बुझाइ छोडिए अवैध रुपमा बालुवा ओसारपसार गर्ने ११ ट्याक्टर

११ वटा ट्याक्टर नियन्त्रणमा

कैलाली: कैलाली प्रहरीले अवैध रुपमा नदीबाट बालुवा ओसारपसार गर्ने ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। शनिबार बिहान ७ बजेको समयमा गोदावरी नगरपालिका–९ स्थित खुटीया खोलाबाट ती सबै ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार से२त २८३५, से२त ३६५५, से१त ५३९७ , से१त २३६८ , से१त ९६१३  से१त ८४४९, से१त ८७५९, से१त ५४४९, सु.प.प्र.०१००२ त ५८०७, सु.प.प्र.०१००२ त ५५४१ र सु.प.प्र.०१००२ त ४७२१ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका ट्याक्टलाई जनही ६ हजारका दरले कूल ६६ हजार जरिवाना गरी सम्झाइ बुझाइ छोडिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार