वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्मा कोभिड-१९ विशिष्ट चिकित्सक विधाबाट सम्मानित !

बारबरा फाउन्डेसनद्धारा डा. शर्मा सम्मानित

वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्मा

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्मा बारबरा फाउन्डेसनबाट सम्मानित भएका छन ।

बारबरा फाउन्डेसनले शनिबार एक कार्यक्रमको आयोजना गर्दै सुदूरपश्चिमबाट सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. शर्मा लाई कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएर काम गरेको भन्दै सम्मान गरेको हो ।

कोरोना महामारीको बेला सुदूरपश्चिममा अग्रपंन्तीमा खटिएर काम गरेका वरिष्ठ फिजिसियन डा. शर्मालाई पुर्व राष्ट्रपति राम बरण यादवले सम्मान पत्र सहित सम्मान गरेका हुन ।

यस्तै बारबरा फाउन्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड१९ विशेष सम्मान प्रदानगरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार