जनताको सेवामा नगर कमिटी परिचालन गर्ने लगायताका निर्णय गर्दै विप्लव नेकपाको छैटौँ बैठक सम्पन्न

केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुनको विशेष उपस्थितिमा बैठक सम्पन्न

जनताको सेवामा नगर कमिटी परिचालन गर्ने लगायताका निर्णय गर्दै विप्लव नेकपाको छैटौँ बैठक सम्पन्न

धनगढी: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धनगढी उप-महानगर कमिटीको ६ औँ पूर्ण बैठक सम्पन्न भएको छ।

नगर सेक्रेटरी सिताराम चौधरीको अध्यक्षतामा भएको जिल्ला सेक्रेटरी संगमको प्रमुख आतिथ्यमा रहेको थियो। पर्टि केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुनको विशेष उपस्थितिमा महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो।

बैठकमा जिल्ला सचिवालय सदस्य रोशन,बिरु,जिल्ला कार्यालय सचिव प्रकाश रावल, केशव, जिल्ला सल्लाकार सदस्य भक्तराज भट्टको उपस्थिति रहेको थियो।

No description available.

बैठकले जनताको सेवामा नगर कमिटी परिचालन गर्ने, आर्थिकलाई एक द्वार प्रणालीमा लैजाने, सबै कार्यकर्तालाई उत्पादनमा जोड्ने, जाँडरक्सी, जुवा तास र यौन अराजकतालाई कडाइपूर्वक रोक्ने, सुमधुर जनसम्बन्ध स्थापित गर्ने, पार्टीका प्रचार सामाग्रीहरूलाई जनताको माझ पुगाउने, जनताको विकास निर्माणमा सक्रिय सहभागी हुने, धार्मिक अन्धविश्वासका विरुद्ध वैज्ञानिक एवं जनवादी संस्कृतिको प्रचारप्रसार गर्ने, जातीय, क्षेत्रीय, भेगिय र धार्मिक रूपमा देखा पर्ने गलत चिन्तन र प्रवृत्तिका विरुद्ध वैचारिक सङ्घर्ष गर्ने, धनगढीमा जन वर्गीय सङ्गठनहरूको संयुक्त जनअभियान चलाउने आदि निर्णयहरू पनि गरेको छ ।

बैठकले पार्टीले अघि सारेको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादको राजनीतिक कार्यनीतिलाई नगरमा आम जनबहस बनाउने र वैज्ञानिक समाजवाद बारे पार्टीले तयार पारेको घोषणा पत्रलाई जनव्यापी बनाउने निर्णय पनि गरेको छ ।

No description available.

बैठकले आन्तरिक पार्टी सुद्ध करण एकता र धुर्बिकरणलाई पनि व्यापक बनाउँदै धनगढी उपमहानगरपालिका भित्र हुने भ्रष्टाचार , कालोबजारी, कमिशनखाेरी, तस्करी ,चर्को मूल्यवृद्धि, मिटरब्याजी, दृष्टि बन्धक, वित्तीय संस्थाको ज्यादती , जातीय छुवाछूत , महिला हिंसा, कुसंस्कार , लागू औषध कारोबारी, स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको व्यापारीकरण , प्राकृतिक सम्पत्ति माथिको दोहन लगायत जनजीविका सँग सम्बन्धित सवाललाई लिएर भन्डाफोर र सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार