अछामको चौरपाटी गाउँपालिकाद्धारा बैङ्कबाट सामाजिक सुरक्षा भत्ता वितरण, ७५ लाख बढी फिर्ता

बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ७५ लाख बढी रकम फिर्ता

अछामको चौरपाटी गाउँपालिका

अछाम: बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा चौरपाटी गाउँपालिकामा ७५ लाख बढी रकम फिर्ता गएको छ । आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकबाट सामाजिक सुरक्षा भत्ता बैँकिङ्ग प्रणाली मार्फत वितरण सुरु गरे पछि रकम फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा सात हजार आठ जना लाभग्राही रहेकोमा एक हजार चार सय लाभग्राहीले खाता नखोले पछि रकम फिर्ता गएको गाउँपालिकाले जानकारी दिइएको छ । गाउँपालिकाले पटक पटक खाता खोल्न सूचना प्रकाशन गरे पनि वडा तथा गाउँपालिकाको कार्यालयमा सम्पर्कमा नआए पछि सामाजिक सुरक्षा भत्ता फिर्ता पठाएको प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागको निर्देशन तथा गाउँपालिकाको समन्वयमा आर्थिक वर्ष २०७७÷०७८ मा बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण हुँदा ठुलो रकम फिर्ता गएको गाउँपालिकाले जनाएको छ । बैँकिङ्ग प्रणाली मार्फत वितरण हुनु पहिले सामाजिक सुरक्षा भत्ताको लागि निकासा भएको सबै रकम खर्च हुने गरेको गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ताको लागि खाता खोल्न नआउने सुचीमा अधिकांश बालबालिकाको नाम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । समयमै मृत्यु दर्ता नहुने गरेको, दोहोरो दर्ता, लाभग्राही उपस्थिति विना घरको अन्य सदस्यले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएकोले सामाजिक सुरक्षा बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण हुँदा आर्थिक पारदर्शितताका साथै सम्बन्धित लाभग्राहीको हातमा सामाजिक सुरक्षा भत्ता पुग्दा ज्येष्ठ नागरिक लाभग्राहीहरू खुसी रहेको गाउँपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरणमा कोरोना भाइरस (कोभिड-१९) का कारण लाभग्राहीमा केही समस्या भए पनि आगामी आर्थिक वर्ष २०७८÷०७९ मा सहजता हुने प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।

आर्थिक वर्ष २०७७÷०७८ मा पहिलो चौमासिक ३,३५,२७,५६८, दोस्रो चौमासिक ३,३०,४४,६२३ र तेस्रो चौमासिक ३,३०,४४,६२३ गरी वार्षिक रु. ९,९६,१६,८१४ रकम सामाजिक सुरक्षा बापत भुक्तानी भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार