SKIP THIS

 sodhpatra.com डिजिटल पत्रिका हार्दिक शुभकामना !

बैतडीको पाटन नगरपालिकाको मेयर र उप-मेयरको कार्यकक्षमा लगाइएको ताला खुल्यो

मेयर र उप-मेयरको कार्यकक्षमा लगाएको ताला खुल्यो

बैतडीको पाटन नगरपालिकाको मेयर र उप-मेयरको कार्यकक्षमा लगाइएको ताला खुल्यो

बैतडीः बैतडीको पाटन नगरपालिकाका युवाहरू द्वारा मेयर र उप-मेयरको कार्यकक्षमा लगाएको ताला खोलिएको छ । स्थानीय युवाहरूले आइतबार पाटन नगरपालिका भित्रको एक सडक लगायत अन्य योजनाहरूमा झुटो विवरण पेस गरेर भुक्तानी लिएको आरोप लगाउँदै गरिएको ताला आज नगरपालिका र युवाहरूको सहमतिमा खोलिएको हो ।

नगरपालिका र युवाहरू बिच राम्रो पक्षलाई जोड दिई सकारात्मक मागहरूमा नगरपालिकाले पनि सदैव एकबद्धता जनाउने सहमति भएको र वडा नं. ०३ को रोड विवादित रोड निर्माण कार्य छिट्टै पूरा गर्ने सम्झौता भए पश्चात ताला खोलीएको स्थानिय युवा खेमराज अवस्थीले बताए ।

नगरपालिकाको वडा नम्बर ३ गुरुडामा सडक निमार्ण कार्य सम्पन्न नभई उपभोक्ता समितिलाई रकम भुक्तानी गरिएको र उपप्रमुख सरस्वती कोली सङ्ग योजनाबारे कुरा गर्न खोज्दा धम्की पूर्ण व्यवहार देखिएकाले ले ७ जना युवाहरू खेमराज अवस्थी,रोषन भट्ट,सन्जु भण्डारी,हरिश भण्डारी,हेमराज पाण्डे,मनमोहन बिष्ट, सतवश बि.क लगायतका युवाहरू ले तालाबन्दी गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार