भारतीय साम्राज्यवाद विरुद्ध विप्लव नेकपा कैलालीद्वारा अत्तरिया र टीकापुरमा प्रदर्शन !

महाकालीमा बेपत्ता धामीको हत्या गरिएको आरोप

नेकपा कैलाली द्वारा विरोध प्रदर्शन

धनगढीः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीले महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जय सिङ धामी को हत्या गरिएको भन्दै भारतीय साम्राज्यवाद विरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन गरेको छ ।

सोमबार अत्तरिया बजार परिक्रमा गरी सुरु भएको र्‍याली चोकमा सभामा परिणत भएको थियो । रमेश साउदले सञ्चालन गरेको कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी विप्लवका कैलाली जिल्ला सेक्रेटरी युवा नेता दीपेन्द्र चलाउने (संगम) ले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै संगमले भारतीय सीमा सुरक्षा बल (एसएसबि) द्वारा हत्या गरिएका युवा जय सीङ धामीलाई तत्काल सहिद घोषणा गर्न माग गरेका छन् । उनले, भारत र नेपाल समान देश भएकाले भारतले नेपाल प्रति गर्ने व्यवहार सच्याउन पर्ने र नेपाल सरकारले पनि उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्नुपर्ने विषयमा जोड दिए ।

साथै चलाउनेले, दार्चुला घटना यो दलाल संसदीय व्यवस्था, सरकार र सांसदवादी दल हरूको नालायकी पनकै उपज भएकाले अब वैज्ञानिक समाजवादी व्यवस्थाका निम्ति जनमतसंग्रहमा जानुपर्ने भन्दै आम जनसमुदाय लाई व्यवस्था परिवर्तनको आन्दोलनमा सरिक हुन समेत आग्रह गरेका छन् ।

त्यस्तै, टिकापुरमा आयोजित कार्यक्रमलाई हृदय बोगटीले सञ्चालन गरेका थिए । भने गणेश ढकाल र दिल बहादुर साउदले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले, सरकार सीमा सुरक्षा र सीमा क्षेत्रका जनताको समस्याका विषयमा गम्भीर नभएकै कारण जय सीङ जस्ता युवाहरूले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार