दार्चुला तुइन प्रकरण: दोषीलाई कारबाही गर्न मानसखण्ड पुनर्जागरण मञ्चको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

दार्चुलामा तुइनबाट खसेर युवक बेपत्ता भएको घटनाका दोषीलाई कारबाहीको माग

महाकालीमा युवक बेपत्ता प्रकरण: दोषीलाई कारबाही गर्न मानसखण्ड पुनर्जागरण मञ्चको प्रधानमन्त्रीलाई ज्ञापन पत्र
धनगढीः दार्चुलामा तुइनबाट खसेर युवक बेपत्ता भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै मानसखण्ड पुनर्जागरण मञ्च कैलालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत सरकारलाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउँदै मानसखण्ड पुनर्जागरण मञ्चले उक्त घटनाको घोर निन्दा र भर्त्सना गर्दै उचित छानबिन गर्न नेपाल सरकारको ध्यान आकर्षण गराएको मानसखण्ड पुनर्जागरण मञ्च कैलालीका महा-सचिव कपिल जङ्ग शाहले जानकारी दिए ।
मानसखण्ड पुनर्जागरण मञ्चका संयोजक पंकज चन्द (निगम) र सचिव विशाल थापाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘दार्चुला जिल्लाको व्यास गाउँपालिका तुइनमा झुन्डिएर महाकाली नदी पार गर्दै गरेका एक नेपाली नागरिकको भारतीय सीमा सुरक्षा बल द्वारा घटाइएको घटनाको ३ दिन वितिसक्द समेत नेपाल सरकार कुनै प्रतिक्रिया बिना मौन बस्नु दुःखद, गैर जिम्मेवार र खेदपूर्ण छ ।  दार्चुलामा भएको उक्त घटनामा पीडितका परिवारलाई उचित राहत दिन, तुइनको प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्थाको वैकल्पिक व्यवस्था गर्न र भविष्यमा यस्ता किसिमका अमानवीय घटनाका कारण कुनै पनि नेपालीको ज्यान जाने अवस्था नआउने सुनिश्चितता गर्न नेपाल सरकार समक्ष जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउन चाहन्छौँ।’
साथै, यस्ता किसिमका घटनाहरू फेरी नदोहोरिने वातावरण बनाउन विशेष कूटनीतिक र अन्य हर सम्भवका पहल गर्न समेत केन्द्र सरकारलाई आग्रह गर्दै नेपाली जनताको स्वाभिमान, स्वतन्त्रता र न्यायका पक्षमा काम गर्न न डगमगाउन र सम्माननीय प्रधानमन्त्रीज्यू नेतृत्वको वर्तमान सरकारले नेपाली जनताको जिउधनको सुरक्षा गर्न विज्ञप्तिमार्फत अपिल गरिएको छ ।
साउन १५ गते व्यास गाउँपालिका–२, माल घाटमा जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।
ज्ञापन पत्र जस्ताको त्यस्तै:
महाकालीमा युवक बेपत्ता प्रकरण: दोषीलाई कारबाही गर्न मानसखण्ड पुनर्जागरण मञ्चको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार