मुलुकका १० राष्ट्रिय राजमार्ग पूर्ण अवरुद्ध, ९६ सडक एकतर्फी सञ्चालनमा

पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग
फाइल तस्बिर

मनसुन शुरू भएसँगै मुलुकका अधिकांश क्षेत्रमा परेको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण मुलुकभरका १ सय ५८ राष्ट्रिय राजमार्गमा क्षति पुगेको छ ।

सडक विभागले दिएको जानकारी अनुसार,बुधवारसम्म १० राष्ट्रिय राजमार्गहरू पूर्ण अवरुद्ध रहेका छन् । गत जेठ ३० गतेदेखि बुधवारसम्ममा १ सय ५८ सडकमा क्षति भएको हो ।

यस्तै ९६ सडकहरू मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएका छन् भने ५२ सडकहरू दुवैतर्फ नै सञ्चालन भइरहेका छन् ।

वर्षाका कारण मनाङ, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, नुवाकोट तथा बैतडीका सडकहरूमा बढी क्षति पुगेको छ ।

यी जिल्लाका विभिन्न सडक तथा पुलमा क्षति हुँदा सडक अवरुद्ध बनेको हो ।

सडक मर्मतसम्भार भइरहेपनि अविरल वर्षाका कारण पटक पटक क्षति भएकाले सञ्चालनमा ल्याउन कठिनाई भएको विभागको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार